काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भोलिबाट सुरू हुन लागेकाे दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर क्रिकेट लिगको (एनपिएल)को सुरक्षा प्रबन्ध दुरूस्त राख्न निर्देशन दिएका छन्।
अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था दुरूस्त राख्न निर्देशन दिएका हुन्। अर्यालले कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन समेत निर्देशन दिए।
‘पहिलो पटक रात्रिकालीन समयमा पनि क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरूस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,’ उनले भने।





















