ताेलामा पाँच सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ ताेकिएकाे छ। अघिल्लो दिन २ लाख ४२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५५ रुपैयाँमा कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here