मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना, ४२ जना भारतीय यात्रुको मृत्यु

काठमाडौं । साउदी अरबमा मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् ।

साे बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेकाे हाे। मृत्युु हुनेमा सबै भारतीय रहेका छन्।

दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १:३० बजे भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here