प्रधानमन्त्रीले गरिन दोस्रो संस्करणको एनपिएलको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गरेकी छन्।

साेमबार उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो। दर्शकहरूले पनि उत्साहित देखिन्थे।

उद्घाटनसँगै लिगको औपचारिक सुरूआत भएको छ।

एनपिएलकाे पहिलो खेल जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुने छ।