काठमाडौं । आफूविरूद्ध मृत्युदण्डको फैसला सुनाइएको विषयमा बंगलादेशकी निर्वासित पूर्व प्रधानमन्त्री शेख हसिनाले त्यसलाई जालझेलपूर्ण भनेकी छन्। उनले यसलाई राजनीतिक प्रतिशोधपूर्ण फैसला भनेकी छन्।
फैसला पूर्वनिर्धारित र नियोजित रहेको पनि उनले बताएको प्रतिक्रिया दिएकि छिन्। हसिना अहिले भारतको शरणमा छिन्।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थीहरूको आन्दोलन हिंसात्मक हुँदा त्यतिबेला प्रधानमन्त्री रहेकी हसिनाले बल प्रयोग गरेकी थिइन्।
विद्यार्थीहरुको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिना देश छाडेर भागेकी थिइन्।
