२ मंसिर, काठमाडौं । मंगलबार सुनको भाउ तोलामै ३ हजार ८ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकिएकाे छ । अघिल्लो दिन सुन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
कात्तिक २७ गते २ लाख ५० हजार २ सयमा कारोबार भएको सुन छ दिनमा सुनको करिब ११ हजार घटेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ ।





















