२ मंसिर, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि बाह्र वटा पार्टीले दल दर्ता गरेका छन् ।
यही मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यतालिका रहेकाेमा
सोमबार पहिलो दिन बाह्र वटा पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका निर्वाचन आयोगले जनाएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), आम जनता पार्टी (आजपा) र देश विकास पार्टीले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टी, देशभक्त समाज, नेपाल लाेकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, बहुजन शक्ति पार्टी, नेपाल सद्भावना पार्टी र नेपाल मानवतावादी पार्टीले समेत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका छन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेकाले मात्रै चुनाव लड्न सक्नेछन् ।























