चितवन राइनोजद्वारा कर्णाली याक्सलाई चार विकेटले पराजित

काठमाडौं । आज भएको खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेकाे छ। नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो ।

चितवनका लागि बोपाराले ३५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए । त्यस्तै दीपक बोहराले ४२ रन, सैफ अली जैबले १६ बलमा २ चौका र ४ छक्का मद्दतमा ३८ रन जोडे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here