बञ्चरेडाँडामा फाेहाेर बिसर्जनमा फेरि अवराेध, सरकारले धाेका दिएकाे आरोप

२ मंसिर, काठमाडौं । बञ्चरेडाँडा ल्यान्ड फिल साइट प्रभावित स्थानीयले फोहोर विसर्जन पुन: रोक्ने भएका छन् ।

प्रभावित क्षेत्र बञ्चरेडाँडा र सिसडोलको बीचमा पर्ने धारेमा मंगलबार पत्रकार सम्मेलन गर्दै स्थानीयले बुधबारदेखि फोहोर विसर्जन रोक्ने घोषणा गरेका हुन् ।

१५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकोमा सो अवधिभित्र कुनै काम नभएपछि पुन: फोहोर विसर्जन रोक्न बाध्य भएको उनीहरूको भनाइ छ । सरकारले फेरि पनि धोका दिएको आरोप लगाएका छन्।

गत १२ कात्तिकमा स्थानीयले फोहोर विसर्जन रोकेकाेमा सहरी विकासमन्त्री कुलमान घिसिङले १६ कात्तिकमा बञ्चरेडाँडा ल्याण्ड फिल साइटमै पुगेर स्थानीयसँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।