सुकुटे दुर्घटना : मृत्यु भएका १७ जनाकै सनाखत (नामावली सहित)

काठमाडौ, १८ कात्तिक । सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु भएका १७ जनाकै सनाखत भएको छ ।

दोलखाबाट काठमाडौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो । सुनकोशी नदीमा खस्दा मृत्यु भएकाको सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक १७ मध्ये १० महिला, एक बालिका र पाँच पुरुषमा तीन बालक रहेका छन् ।

ज्यान गुमाउनेमा दोलखा शैलुुङ ५ का चेतबहादुर बस्नेत, शैलुङ ४ की सलिना तामाङ, दोलखा शैलुङगेश्वरी ३ का शिशन तामाङ र चमेली श्रेष्ठ, शैलुङगेश्वरी ५ का किरण राउत, रत्नकुमारी राउत र रिकेश खड्का, कविता राउत, दोलखा भिमदत्त नगरपालिका ९ की रन्जिता केसी बस्नेत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ की सायरानी श्रेष्ठ, शैलुङगेश्री ४ का दियुन लामा, शैलुङगेश्वरी ३ का निर्मला खड्का र निकेश खड्का, काभ्रको रोशि गाउँपालिकाकी सजिना, शैलुङगेश्वरी २ की उरमाया मोक्तान, सानु राउत आले, र चितवन पटीहानीकी पूजा बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नामावली

दुर्घटनामा निशा तामाङ, एकरानी कार्की, छत्रकुमारी थापा, सुनिल थापा जीवन खड्का, समीर श्रेष्ठ, मिनकुमार श्रेष्ठ, सङ्गीता श्रेष्ठ, जेनिशा श्रेष्ठ, सदीक्षा कार्की, सुरेश तामाङ, सहनशीला घिसिङ र कौशिला कार्की रहेको प्रहरीले जनाएको छ ।

प्रविन आलेमगर, बबिता श्रेष्ठ, कोपिला कार्की, हरिमाया थापा, सीमा कार्की, युनिसा खड्का, मनिका खड्का, कमला मोक्तान, डोल्मा तमाङ, श्रीकृष्ण कार्की, शिशिर तामाङ र सुनिता तमाङ घाइते भएका छन् ।

त्यसैगरी शसीता तामाङ, युनिसा तामाङ, रश्मी बस्नेत, सविता थापा, निरक श्रेष्ठ, रविन मोक्तान, निकेश श्रेष्ठ, रञ्जना केसी, सरिता तमाङ, जीतबहादुर खड्का र लोकबहादुर थापा, रोमन तिमल्सिना, विमला तामाङ, दीपा घिसिङ, रोमा घिसिङ, सुजन तामाङ, गोमा श्रेष्ठ र सुकमान विक रहेका छन् । घाइते ४७ जनामध्ये ४७ तीन जनाको नाम खुल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here