४.९८ अंकले घट्याे नेप्से, काराेवारमा पनि कमि

काठमाडौं । बुधबार नेप्से परिसुचक ४.९८ अंक घटेको छ । यससँगै बजार २५६१ अंकमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भएकाे हाे ।

बुधबार ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ९ को स्थिर रहेकाे छ। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.१६ प्रतिशत बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन ०.४२ र व्यापार ०.३२ प्रतिशत बढेका छन् ।

यता विकास बैंक समूह सबैभन्दा धेरै १.०९ प्रतिशत घटेकाे छ। त्यस्तै बैंक ०.१६, फाइनान्स ०.६८, हाइड्रोपावर ०.१४, लगानी ०.४४, जीवन बीमा ०.५३, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.५७ तथा अन्य समूह ०.४७ प्रतिशत घटेका छन्।

आज ८ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माबिलुङ इनर्जी, दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, हिमस्टार ऊर्जा, बुंगल हाइड्रोपावर, सान्भी इनर्जी, बन्दीपुर केबुलकार र झापा इनर्जी छन् ।

त्यस्तै स्वस्तिक लघुवित्तको ८.१८ तथा पियोर इनर्जीको मूल्य ६.९३ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०३ प्रतिशत घट्यो । पिपुल्स हाइड्रोपावरको मूल्य ३.५८, ग्रिन डेभलपमेन्ट बैंकको ३.५१ तथा पिपुल्स पावरको ३.१८ प्रतिशत घटेकाे
छ। आज धेरै कारोबार भएका पाँच कम्पनीमा बरुण हाइड्रोपावर, साहस ऊर्जा, राधि विद्युत्, युनियन हाइड्रोपावर र सिनर्जी पावर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here