काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो सिद्धार्थ बैंक एनपीएल खेल हेर्न आउने महिला, वृद्ध, र अशक्तका लागि काठमाडौं उपत्यकामा नि:शुल्क बस सेवा उपलब्ध गराइने भएको छ।
क्रिकेट हेरेर फर्किने आफ्नो सवारी साधन नहुनेहरूका लागि नि:शुल्क बस सेवा सुरू गरिएको हाे।
युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा नि:शुल्क बस सेवाका बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ।
























