काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४३ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन सुनकाे भाउ २ लाख ४२ हजार ३ सय रुपैयाँ ताेकिएकाे थियाे।
आज चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ३१८५ रुपैयाँ कायम भएको छ ।
























