५ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उच्च शिक्षा मापदण्ड विधेयकको मस्यौदा परिमार्जन गर्न कार्यदल गठन गरेका छन् ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको कार्यदलमा १४ जना सदस्य छन् ।
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने प्रावधान हटाउने विषय पनि यही विधेयकमा समावेश गर्ने तयारी छ ।
मन्त्रालयले सुरुमा उच्च शिक्षा विधेयक बनाएकाेमा विधेयक परिस्कृत गर्न कानुन आयोग पठाइएको थियो । कानुन आयोगबाट मापदण्ड विधेयक बनाउनेगरी मन्त्रालयमा आएको हो । अब यो विधेयकलाई विज्ञले थप परिस्कृत बनाउने छन् ।


























