७ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले आज गर्ने भनेकाे आन्दोलन फिर्ता गरेकाे छ।
शनिबार बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने भएको हो ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत थिए ।
महाभियानले २०८२ मंसिर ७ गतेबाट हुने गरी घोषणा गरेको नेपाल बन्द, अनिश्चितकालीन आम हड्ताल लगायतका कार्यक्रम घोषणा गरेको थियो ।
वार्तामा महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथमा अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा निराजन प्रसाईं थिए ।
दुर्गा प्रसाईं हाल जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् ।


























