ताेलामा २९ सयले बढ्याे सुनकाे भाउ

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा कारोबार भएको हाे।

शुक्रबार सुन दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि ३५ रूपैयाँले बढेको छ। शुक्रबार तीन हजार एक सय रूपैयाँमा भएको कारोबार भइरहेको चाँदी आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरेको छ। ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here