भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ९ करोड ३० लाख जम्मा

काठमाडौं । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले एक करोड एक लाख रकम जम्मा गरेकाे छ। कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले साे रकम बराबरकाे भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन्।

त्यसैगरी कोषमा एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी पचहत्तर लाख रकम जम्मा गरिएको छ। कम्पनिमा अध्यक्ष सिद्धान्त ठकुरीले अर्थमन्त्री खनाललाई चेक हस्तान्तरण गर्नु भएको थियो ।

नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विशेष धन्यवाद ज्ञापन गरेका छन्।
कोषमा मंसिर ७ गतेसम्म ९ करोड ३० लाख जम्मा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here