७ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।
सर्वोच्च अदालतले प्रसाईंलाई आइतबार थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।
प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।





















