काठमाडौं । सरकारकाे मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरिने भएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हाे। उनी वरिष्ठ रक्षा सचिव थिए।
मुख्यसचिव एकनारायण अर्यालले ५८ वर्षे उमेर हदका कारण यही मंसिर १० गते अनिवार्य अवकाश पाउँदैछन्।
तथ्यांक शास्त्रमा स्नातकोत्तर अर्याल केन्द्रीय तथ्यांक विभागमा शाखा अधिकृतको रूपमा प्रवेश गरेका थिए भने सोही विभागमा महानिर्देशक सम्मको जिम्मेवारीमा पुगेका थिए।
अर्यालसँग सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको अनुभव छ।























