भक्तपुरको वडा-वडामा निःशुल्क जिमखाना

काठमाडौं, १८ कात्तिक । नगरवासीलाई तन्दुरुस्त बनाउनको लागि भक्तपुर नगरपालिकाले करिव एक वर्ष अघि सुरु गरेको नयाँ योजना चर्चाको विषय बनेको छ ।

नगरपालिकाले आफ्नो नगरको वासिन्दालाई स्वस्थ राख्नको लागि ठाउँ–ठाउँमा सार्वजनिक जिमखाना सञ्चालनमा ल्याएको थियो ।

मेयर सुनिल प्रजापतिले आफ्नो नागरिकलाई स्वस्थ बनाउनु पर्छ भन्ने उदेश्यका साथ पहिलो चरणमा सबै ठाँउमा शारीरिक व्यायामशाला निर्माण गरेको वताए । आवश्यकता अनुसार सबै ठाँउमा शारीरिक व्यायामशाला राख्ने पनि उनको भनाई थियो ।

शारीरिक व्यायामशालामा दिनहुँ भिड

व्यायमशालामा साइक्लिङ, वाकिङ, मकिजम्प लगायत शारीरिक अभ्यास गर्न चाहिने सामग्री सामग्रीहरु रहेका छन् ।

एकातिर स्वस्थ रहने अर्कातिर शुल्कतिर नपर्ने कारण नगरपालिकाको शारीरिक व्यायामशालामा दिनहुँ भिड लाग्ने गरेको छ ।

निःशुल्क व्यायामशाला बिहान जेष्ठ नागरिकको भिड लाग्ने गरेको र स्कुल समयपछि विद्यार्थीहरुको भिड लाग्ने गरेको मेयर प्रजापतिले बताए ।

शारीरिक व्यायामशाला युवाहरुको लागि आकर्षको केन्द्रविन्दु बनेको छ । भक्तपुरका १० वटा वडामा १३ वटा व्यायमशाला बनाएको नगरपालिकाले बाक्लो वस्ती रहेका स्थानमा अरु नौवटा थप्दै छ । नगरपालिकाले नगरवासीलाई घर-घरमै पुगेर स्वास्थ्य सेवा समेत दिंदै आएको छ ।

फिजियोथेरापी गर्न जानेको संख्यामा कमी

युवा तथा ज्येष्ठ नागरिकका लागि लक्षित गर्दै सुरु गरिएको निःशुल्क व्यायामशालाको कारण स्थानीय ‘जनस्वास्थ सेवा केन्द्र’ मा फिजियोथेरापी गर्न जानेको संख्यामा कमी आएको छ ।

अहिले भक्तपुर नगरपालिकाका वडा–वडामा पाइने यी निःशुल्क व्यायामका स्थानहरूले नगरवासीमा व्यायामका लागि चेतना र खुसी छाएको छ ।

युवाहरूलाई कुलतमा फस्न नदिन र स्वस्थ शरीर बनाउन जिम खमनमले महत्वपरुर्ण भूमिका खेलेको छ ।

सुरुमा कलेज तथा स्कुल छ्ट्ने बित्तिकै ठाउँ ठाँउमा अलमलिएर समय कटाउने युवाहरु अहिले जिम खाना धाउन थालेका छन् ।

युवाहरूमा जिम जाने संस्कारको विकास हुन थालेपछि मेलमिलाप र भ्रातृत्व पनि बढ्दै गएको छ ।

दैनिक आउने नकारात्मक समाचारहरूबाट केही भिन्न भई भक्तपुर नगरपालिकाको यो कदमले भक्तपुर नगरवासी सकारात्मक देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here