प्रतितोला २०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १८ कात्तिक । सोमवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आइतवार ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार २ सय रुपैयाँले कमी आएर प्रतितोला ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्यमा पनि २ सय रुपैयाँले कमी आएको छ ।

आइतवार प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमवार ७० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सोमवार चाँदीको मूल्य भने स्थिर नै रहेको छ । सोमवार चाँदीको मूल्य प्रतिातोला ८ सय ७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here