काठमाडौं । मंगलबार मिराज ढुंगाना समूहले सिंहदरबार गेटमा प्रदर्शन गरेका छन्।
ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ समूह सिंहदरबार छिर्न खाेज्दा प्रहरीले रोकेपछि कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।
मंगलबार बिहान प्रधानमन्त्री सुशीला कार्कीसहितलाई भेट्ने भनेर पुगेका उनीहरूलाई प्रहरीले धकेलेर अनामनगर पुर्याएको छ।
अनामनगरको पुर्वेली भान्छा घरको परिसरमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्।
ढुंगानाको टोली सोमबार पनि सिंहदरबार प्रवेश गर्न खोजेकोमा नपाएपछि उनीहरू बाहिरै गेटमा पर्चा टाँसेर फर्किएको थियो।
























