सेयर बजारमा ९.६१ अंककाे वृद्धि, काराेवार पनि बढ्याे

१० मंसिर, काठमाडौं । बुधबार सेयर बजार ९.६१ अंक बढेको छ ।आज संगै लगातार चार दिन बजार बढेको हाे। गत बिहीबार २५६० अंकमा रहेको नेप्से आज २६६५ अंकमा पुगेको हाे । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६९ करोडको भएकाे छ।

१४२ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रहेकाे छ। आज बैकिङ ०.६६, विकास बैंक ०.१२, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, माइक्रोफाइनान्स ०.७१, अन्य ०.४५ र व्यापार ०.६८ प्रतिशत बढेका छन्।

फाइनान्स ०.१६, लगानी ०.१७, जीवन बीमा ०.३२ तथा निर्जीवन बीमा ०.३३ प्रतिशत घटेका छन्।

आज चार कम्पनीको मूल्य १० प्रतिशत बढेका छन्। १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेक छन् । त्यस्तै रिभर फल्स पावरको ९.६१, माहुली लघुवित्तको ९.१८, फस्र्ट माइक्रोफाइनान्सको ८.९५ प्रतिशत मूल्य बढेका छन्।

त्यस्तै बाेटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशत घट्यो । त्यस्तै उन्नति सहकार्य लघुवित्तको ३.८१, शुभम् पावरको ३.६५ तथा बन्दीपुर केबुलकारको ३.६५ प्रतिशत मूल्य घटेका छन्।

धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, बन्दीपुर केबुलकार र हिमालयन रिइन्स्योरेन्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here