हाइड्रोपावरको सुरुङभित्र पसेका ४ जना कामदार सम्पर्कविहीन

काठमाडौं, १८ कात्तिक । बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन हाइड्रोपावरको सुरुङभित्र ४ जना कामदार सम्पर्कविहीन भएका छन् ।

कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा कामदार सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद, शेरबहादुर धामी लगायत छन् ।

उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए । प्रहरीका अनुसार सम्पर्कविहीन भएकाको खोजीका लागि उद्धारका लागि गएका दुईजनाको बेहोस भएपछि उद्धार गरिएको छ । लागि बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको छ ।

काठमाडौंबाट गएको उद्धार टोलीले पनि अहिले घटनास्थलमा उनीहरुको उद्दारको प्रयास गरिरहेको छ ।

तर सुरुङ भत्किएकाले समस्या भईरहेको बताइएको छ । ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको उक्त सुरुङ आठ सय मिटर लामो छ ।

पाँच बर्षदेखि निर्माण भईरहेकोे सानीगाड हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको यो आयोजनाको तीन ठाउँमा संरचना निर्माण भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here