चाँदीको मूल्यमा नयाँ रेकर्ड , सुनमा पनि वृद्धि

काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज
एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो ।

आज सुनको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १६०० रुपैयाँ बढेर प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ पुगेकाे छ ।

अघिल्लो दिन २ लाख ५० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here