अघिल्लाे साता उकालाे लागेकाे सेयर बजार आज लाग्यो ओरालो

१४ मंसिर, काठमाडौं । गत साता पाँचै दिन बढेको सेयर बजार आइतबार भने घटेको छ ।

अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा झरेको छ ।

बजार घटेपनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २ करोडको काराेवार भएको हाे।

३९ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने २ को स्थिर रहेकाे छ। आज अधिकांश समूहका सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत बढेका छन् ।

यता बैकिङ १.०८, विकास बैंक १.०९, फाइनान्स ०.८३, होटल तथा पर्यटन ०.२९, हाइड्रोपावर १.३१, लगानी १.४८, जीवन बीमा १.२० प्रतिशत घटे । त्यस्तै माइक्रोफाइनान्स १.३०, निर्जीवन बीमा ०.६९, अन्य १.०४ र व्यापार ०.५१ प्रतिशत घटेका छन्

चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here