बाजुराको मार्तडी बजारमा आगलागी

काठमाडौं । बाजुरा सदरमुकाम मार्तडी बजारमा मंगलबार आगलागी भएको छ । बजारको एक पसलमा दिउँसो करिब १२:२० बजेतिर सुरु भएको आगो निभाउने प्रयास भइरहेको छ ।

दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण भने खुलेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here