काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। त्यस्तै आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ।
आज काठमाडौं उपत्यकामा बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो । उपत्यकाको अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ।






















