निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा गर्न भनिएकाे प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोगका आयुक्तहरू र सुरक्षा निकायका प्रमुखसहितको बैठक आह्वान भएको हो ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज दिउँसो ४ बजे बस्नेछ ।

प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा र राष्ट्रिय सभाको निर्वाचना आगामी ११ माघमा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here