काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट गरेका छन् । ओलीलाई भेट्न उनकै निवास महाराजगञ्ज पुगेका छन्।
भेटवार्तामा ओली, देउवाका साथै आरजु राणा र राधिका शाक्य पनि सहभागी छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच भेटवार्ता भएको थिएन। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा कुरकानि हुने बताइएको छ ।



























