काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको खेलमा लुम्बिनी लायन्स विजेता बनेकाे छ। यससँगै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने चौथो टोली बनेको छ।
लिगको आफ्नो अन्तिम खेलमा साविक विजेता जनकपुरलाई ४ विकेटले पराजित गरेर लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो।
यससँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज बाहिरिएका छन्। कर्णाली याक्स यसअघि नै बाहिरिएको थियो। सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान बनाइसकेका छन्।
शनिबार हुने चितवन र पोखराबीचको दोस्रो खेल तथा आइतबार राति हुने कर्णाली याक्स र जनकपुरबीच हुने औपचारिकतामै सीमित हुनेछ।
अंक तालिकाको शीर्ष दुई टोलीले मंगलबार पहिलो क्वालिफायर खेल्नेछन्। जित हात पार्ने टोली मंसिर २७ गते हुने फाइनलमा पुग्नेछ भने हार्ने टोलीले दोस्रो क्वालिफायरमा पुगेर फाइनल पुग्ने अवसर प्राप्त गर्नेछ।
तेस्रो र चौथो हुने टोलीले बुधबार इलिमिनेटर खेल्नेछन्। इलिमिनेटरको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिनेछ।




























