काठमाडौं । विराटनगरले किंग्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग एनपीएल मा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेकाे छ।
सुदूरपश्चिमले दिएको १४८ रनको लष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १५० रन बनाउदै पूरा गरेको हो ।
यो जितपछि ७ खेलमा ५ जितबाट १० अंक जोडेर विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै खेल्ने पक्का भएको भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १४७ रन बनाएको थियो ।
विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ५१ रन बनाए भने डु प्लेसीले ५० रन बनाए ।


























