पोखरा विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार ५ जना तत्कालीन मन्त्रीसहित ५५ जना र निर्माण सम्झौता गर्ने चीनको चाइना सीएएमसी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दिपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री रामशरण महत, तत्कालीन सचिवहरु तथा नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी लगायतलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

उनीहरूले विमानस्थलमा निर्माणमा ८ अर्ब ३६ करोड भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here