असईले गरे आफ्नै चार महिने छोराको हत्या

काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् ।

छोरा हत्याको आरोपमा असई पुष्कर कार्की नागढुंगाबाट पक्राउ परेका हुन् । कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको अनुशन्धानबाट खुलेकाे छ। श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा छोराको हत्या गरेको प्रहरीले बताएको छ ।

पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् । श्रीमतीलाई कुटपिट गरेर घाइते बनाएकाले अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here