लगातार छैटौं दिन ओरालो लाग्यो नेप्से

काठमाडौं । सोमबार बजार परिसूचक नेप्से ३.०२ अंक घटेको छ । यो कमीसँगै २६०६ मा कायम भएको छ ।

गत साता चार दिन र यो साताका दुई दिन गरी ६ दिन बजार घटेको छ । आज ९९ कम्पनीको मूल्य बढ्दा १४७ को घट्यो भने १२ को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढावमा रहेका छन्। सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६६ करोडमा सिमित भएको हाे।

आज जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशत बढे । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशत घटे । आज १० प्रतिशत बढेका कम्पनीमा अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् ।

त्यस्तै इङ्वा हाइड्रोपावरको ९.०३ तथा पियोर इनर्जीको ४.४ प्रतिशत मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको ५.१६, मेन्छियाम हाइड्रोपावरको ३.७३, गुहेश्वरी मर्चेन्ट बैंकको ३.६८ प्रतिशत मूल्य घटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here