उकालाे लाग्याे नेप्से परिसुचक, काराेबार भने घट्याे

२३ मंसिर, काठमाडौं । मंगलबार सेयर बजार सामान्य उकालाे लागेकाे छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६१४ अंकमा कायम भएको छ ।

आज १४८ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने ९ को स्थिर रह्यो । परिसुचक बढेपनि आज कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७५ करोडको भएकाे छ ।

आज बैंकिङ ०.१२, माइक्रोफाइनान्स ०.०६, निर्जीवन बीमा ०.१७ तथा व्यापार ०.०१ प्रतिशत घटेका छन् । यता विकास बैंक ०.३१, फाइनान्स ०.४०, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.८४, लगानी ०.१६, जीवन बीमा ०.८२ तथा उत्पादन/प्रशोधन ०.५३ प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक, माथिल्लो मैलुङखोला जलविद्युत् छन् । त्यस्तै स्वेतगंगा हाइड्रोपावरको ८.७६, सुपरमादी हाइड्रोपावरको ८.१० प्रतिशत मूल्य बढ्यो ।

हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ३.८८ प्रतिशत घटेका छन्। मिथिला लघुवित्तको ३.४६, कालिका लघुवित्तको ३.३२ तथा लक्ष्मी सनराइज बैंकको २.५९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, लक्ष्मी सनराइज बैंक, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here