काठमाडौं । सुदूरपश्चिम सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि सुदुरपश्चिम पहिलो फाइनलिस्ट बनेको थियाे। सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
लगातार जित हात पारेकाे सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा विराटनगरसँग हार व्यहोरेको थियाे। सुदूरपश्चिमले १५६ रनको लक्ष्य दिएकाेमा विराटनगरले १४.१ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा अलआउट भयो ।
























