बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् ।

‘उद्योगी व्यवसायीले लगानीको उचित प्रतिफल प्राप्त गर्नु त परै जाओस उद्योग व्यवसायलाई टिकाएर राख्न पनि कठिन अवस्था सृजना भएको छ,’ उद्योग वाणिज्य संघ इटहरीले सोमवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाले आफूमात्र बाँच्ने अरुलाई नबचाउने लगानी नीति ठिक भएन ।’

व्यवसाय घाटामा गएकै कारण नयाँ लगानी विस्तार नहुँदा थप रोजगारीको अवसर सृजना नभएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘यही अवस्था कायम रहिरहे संमृद्ध नेपाल सुखी नेपाली भन्ने नारा नै अपुरो हुने देखिन्छ ।’ यसकारण वित्तीय क्षेत्रको ब्याजदरमा स्थिरताका लागि पहल गरिदिन सरकार, राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई व्यवसायीले आग्रह गरेका छन् ।

चाँडो भन्दा चाँडो ब्याजदर घटाउने, सरल ऋण प्रदान गर्ने वातावरण सृजना गर्न, प्रदेश नम्बर १ को सरकारलगायतलाई उद्योग व्यपसायीले आग्रह गरेका छन् । हाल भइरहेको ब्याजदर समायोजन गरी समयानुकुल ब्याजदर कायम गर्न पनि उनीहरुले माग गरेका छन् ।

यसअघि विराटनगरका उद्योगी व्यवसायी पनि उच्च ब्याजदरको विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए ।
ब्याजदर घटाउन सरकार र राष्ट्र बैंक पनि लागिरहेका छन् । तर, बैंक तथा वित्तीय संस्थाले अपेक्षित रुपमा ऋणको ब्याजदर घटाएका छैनन ।

चालू आथिर्तक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा कैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर घटेको छ । त्यस अनुसार बैंकले ऋणको ब्याजदर पनि घटाउनु पर्ने हो । तर, व्यवहारमा त्यसो देखिएको जानकारहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here