ठेक्का किन नताेड्ने भन्दै सूचना निकालेपछि सम्पर्कमा आउन थाले व्यवसायी

फाइलफोटो

२४ मंसिर, काठमाडौं । सरकारले ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेपछि निर्माण व्यवसायी सम्पर्कमा आउन थालेका छन् ।

शहरी विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा शहरी विकास तथा भवन निर्माण विभागले यस्तो जानकारी गराएको हो । लामो समयदेखि आयोजना अलपत्र पारेका निर्माण व्यवसायी सम्पर्कमा आउन थालेका हुन्। ४२ वटा ठेक्का रुग्ण रहेकाेमा ३७ ठेक्का किन नतोड्ने भन्दै सूचना निकालिएको थियो ।

अहिलेसम्म ३ वटाको ठेक्का तोडिएको छ। ३६ वटामा निर्माण व्यवसायी सम्पर्कमा आई काम सुरु गर्ने अवस्था बनेको विभागले जानकारी दिएको छ । एक ठेक्कामा निर्माण व्यवसायी सम्पर्कमै नआएको अवस्था छ ।

त्यस्तै पूर्वाधार विकास विभाग अन्तर्गत १६ ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेको थियो । त्यसमध्ये एउटा मात्र ठेक्का तोडिएको छ ।

बैठकमा शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि ठेक्का लिएर रुग्ण बनाइएका आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

उनले भने सूचना निकालेपछि निर्माण व्यवसायी सम्पर्कमा आयो भन्दै नबसौं, काम गर्ने सुनिश्चितता खोजाैं’ हाम्रो तर्फबाट गर्नुपर्ने निर्णय नगर्ने अनि निर्माण व्यवसायीले काम गरेन भनेर बस्ने छुट कसैलाई छैन।’

मन्त्रालयका सचिव गोपाल सिग्देलले रुग्ण ठेक्काका निर्माण व्यवसायी काममा फर्किएको बताइए पनि निर्माणस्थलमा काम भए/नभएको नियमित अनुगमन गर्न आग्रह गरे ।

कार्यान्वयन अवस्था, समस्यालगायतका विषयमा समीक्षा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here