काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको हाे।
आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ ताेकिएकाे छ । बुधबार सुन ताेलाकाे २ लाख ५२ हजार १ सय रुपैयाँमा काराेवार भएकाे थियो ।
आज चाँदीले भने फेरि नयाँ रेकर्ड बनाएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । जुन अघिल्लो दिनको तुलनामा ५५ रुपैयाँले चाँदी बढि हो । अघिल्लो दिन ३ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।


















