पुर्व सभामुख महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौं, १८ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा सोमबार उनलाई अदालतले थुनामा राख्न आदेश दिइएको हो ।

जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशले महरालाई थुनामा राख्ने आदेश दिएको हो ।

शुक्रबार जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा बयान दिने क्रममा महराले आफूशाहीको कोठामा नगएको बयान दिँदै आफूलाई फसाइएको बताएका थिए ।

जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा महराको बयान लिइएको हो।

शाहीसँग विगतदेखि नै राम्रो पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर कोठामा प्रवेश नगरेको कुरा महराले बताएका थिए ।

महराले शाहीको किटानी जाहेरीमा सत्यता नरहेको बताउदै एक कानुन व्यवसायीका अनुसार आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका थिए।

यसका साथै उनले प्रहरीले संकलन गरेका प्रमाण झुट्टो रहेको समेत बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here