ओलीले भने: ‘नेकपा एमाले अजम्बरी छ’

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको दाबी गरेका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘जुन यो जनसागर यहाँ ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ र एमाले अजम्बरी छ,’ ओलीले भने ।

उनले जेनजी आन्दोलनको स्मरण गर्दै देश युद्धभूमिजस्तै जलेको बताए ।

‘आन्दोलन पछी एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो । पूराना पार्टी सकिए, पूराना नेताका दिन गए र नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो तर धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै आज भक्तपुरमा ठूलो जनसागर ओर्लिएको छ’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here