काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार पाएका छन् । पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट नेपाली खेलाडी बनेका हुन्।
आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो । यो सिजन रोहितले २७४ रन र १० विकेट लिएका छन् । आजको फाइलन खेलमा उनले ह्याट्रिक विकेट लिए ।

























