२८ मंसिर, काठमाडौं । श्रीमती हत्याको आरोपमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा श्रीमान पक्राउ परेका छन् ।
शेर्पाले नै श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
९ मंसिरको राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
तर प्रहरी अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुलेकाे हाे।
त्यसरात बजारबाट घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर गाडेको श्रीमान् प्रेम दोर्चीले स्वीकार गरेका हुन्।
हत्या गरेर गाडेको अवस्थामा शव समेत प्रहरीले उत्खनन गरेको छ । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।




















