काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सेयर (आईपीओ)सर्वसाधारणका लागि पुस ७ गतेदेखि खुल्ने भएको छ । वैदेशिक रोजगारमा रहेकालाई खुलिसकेपछि सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।
सर्वसाधारण समूहमा निष्कासन हुने कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेकाका लागि खुल्ने छ। त्यस्तै सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम सर्वसाधारणका लागि खुल्ने छ ।
जसअनुसार सर्वसाधारणले न्यूनतम ५० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट कम्पनीको सेयर मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तय भएको छ ।
रिलायन्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो ।




















