काठमाडौं । चालु आर्थिक वर्ष पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिकसम्म विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।
यस्तो सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै वस्तु आयात २०.८ महिनाको धान्न पर्याप्त हुने छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २१ अर्ब ५२ करोड पुगेको छ । जुन असार मसान्तसम्म १९ अर्ब ५० करोड थियो ।
राष्ट्र बैंकमा रहेको सञ्चिति असारको तुलनामा १२.८ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । असारसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३० अर्ब ८५ करोड पुगेको छ । असार मसान्तसम्म २ खर्ब ६३ अर्ब ४ करोड थियो । कात्तिक मसान्तसम्म विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ उत्पादन ९जीडीपी० को अनुपातमा ५० प्रतिशत पुगेको छ ।





















