काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको सचिवालयका अनुसार, रामबहादुर थापा बादल ओलीको प्रस्तावक रहेका छन् भने समर्थक विष्णुप्रसाद पौडेल रहेका छन् ।
त्यस्तै अर्का अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन कार्यतालिका आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
























