नेकपाकी सचेतक शान्ता चौधरीको गाडी दुर्घटना

घोराही, १९ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीको गाडी दाङमा दुर्घटना भएको छ ।

सोमवार राति ११ बजे चौधरीको गाडी लमही नगरपालिकाको वडा नम्बर ६ कुलमोरस्थित घुम्तीमा दुर्घटना भएको हो । यद्यपि सो गाडीमा चौधरी थिइनन् ।

घोरहीबाट लमहीतर्फ जाँदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो सरकारी गाडी अचानक सडकदेखि १ सय ६ फिट तल पल्टिनगई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्कारपियोमा चालक मात्र रहेकाले मानवीय क्षति नभएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । गाडी घटना स्थलमानै रहेको छ ।

गाडी चालक चौधरीलाई लमही प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले पार्टीका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतकलगायतलाई गाडी सुविधा दिने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here