काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री मापन, देशभर कस्तो ?

काठमाडौँ, २ पुस : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छभने राति कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here