काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमा ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत रकम कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।
कुल १८ करोड ४६ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिव ६४५ रुपैयाँ छ ।





















